23.1 C
Kathmandu

कला/ साहित्यचन्द्र कुमार दोङलाई"सेलो किङ अर्थात सेलोको राजा"को उपाधीबाट सम्मानित

चन्द्र कुमार दोङलाई”सेलो किङ अर्थात सेलोको राजा”को उपाधीबाट सम्मानित

५ पौष २०७८/कुङ्गा होईसेर(दिपक)तामाङ
जापान-बरिष्ट गायक तथा संगीतकार चन्द्रकुमार दोङलाई “सेलो किङ अर्थात सेलोको राजा”को उपाधीबाट सम्मानित भएका छन।
शनिबार काठमाण्डौं कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका साथ बिरिसु मिडिया प्रा.लि.द्वारा सो उपाधीका साथ सम्मान गरेको थियो।
तामाङ गीत संगीत जगतमा उहांले दिदैं आउनुभएको योगदानको उच्च मुल्याङ्कन गर्दै बिरिसु मिडिया प्रा.लि.ले आयोजना गरेको स्टार म्युजिक एण्ड फिल्मस अवार्ड-२०७८ र सम्मान कार्यक्रममा बाग्मती प्रदेशका उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यतमा सो उपाधीका साथ सम्मान गरेका थिए।
दोङ लाई बिशेष त स्वर्गीय गोपाल योन्जनको चेला भनेर पनि चिनिन्छ,उहां सानैदेखि गीत संगीतमा रूची भएको कारण गीत संगीतमा लागेका थिए। उहांले स्वर्गीय गोपाल योन्जनबाट धेरै गीत संगीतका बारेमा ज्ञान लिने अवसर पाएका थिए।
“कला र संस्कृतिको पहिचान र कलाकर्मीको सम्मान”भन्ने मुल नाराका साथ बिरिसु मिडियाको आयोजनामा सम्पन्न प्रथम स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०७८ मा विभिन्न बिधामा अवार्ड वितरण गरिएको थियो।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्