25.1 C
Kathmandu

कला/ साहित्यतामाङ मेगा स्टार कुमार मोक्तान अभिनित प्रकाश लामाको प्रेम गीत 'सुटुक्क' सार्वजनिक

तामाङ मेगा स्टार कुमार मोक्तान अभिनित प्रकाश लामाको प्रेम गीत ‘सुटुक्क’ सार्वजनिक

२ पौष २०७८,
काठमाडौ
। लर्ड बुद्ध इन्टरनेशनल कन्स्ट्रक्शन प्रा.लि.को प्रस्तुति गायक प्रकाश लामाको नयां तामाङ प्रेम गीत ‘सुटुक्क’ सार्वजनिक भएको छ ।

शुक्रवार Biurn Studio Nepal मार्फत सार्वजनिक गरिएको उक्त गीतमा तामाङ मेगा स्टार कुमार मोक्तान र चर्चित मोडल मुर्णिमा लामा थोकरको प्रेममय अभिनय संगै बालकलाकारको रुपमा अर्मन दोङलाई देख्न सकिनेछ ।

पछिल्ला समय गीत संगीतको क्षेत्र संगै म्युजिक भिडियो निमार्णमा निक्कै नै व्यस्त युवा गायक तथा संगीतकार उर्गेन दोङ र बिकास प्रसाईंको संयुक्त निर्देशनमा बनेको ‘सुटुक्क’ बोलको प्रेम गीतमा नायक कुमार मोक्तान र पुर्णिमा लामा बिचको प्रेम भावलाई पृथक तवरले भिडियो मार्फत देखाउन खोजेको छ । माया प्रेम भन्ने बित्तिकै विवाह अगाडीको प्रेमलाई सोच्ने अधिकांस कुरालाई चिर्दै विवाह पश्चातको प्रगाड मायालाई यस भिडियोमा नियाल्न सक्नेछ ।

प्रेमलाई परिभाषित गर्न त्यति सहज छैन । प्रेमका विभिन्न रूपहरु छन् । युवा–युवतीबीचको प्रेम, पति–पत्नीबीचको प्रेम, आमाले आफ्ना सन्तानलाई गर्ने प्रेमबाहेक अन्य थुप्रै किसिमका छन् । यत्ति मात्र नभएर वस्तुप्रतिको प्रेम,व्यक्तिप्रतिको प्रेम, देशप्रतिको प्रेम, सिद्धान्तप्रतिको झुकाव, प्रकृति र स्थान आदिको प्रेम प्रशंगलाई पनि जोडेर गीतसंगीतहरु रचना गरेको पाइन्छ ।

तर भर्खरै सार्वजनिक भएको तामाङ प्रेम गीत सुटुक्क भने बिलकुलै पति–पत्नीबीचको प्रेमसंगै आफ्नो सन्तान प्रतिको प्रेमलाई परिभाषित गरेको पाइन्छ । युवा व्यवसायी तथा समाजसेवीको रुपमा समेत परिचित व्यक्ति हुन यस गीतका गायक प्रकाश लामा । गायिका सुमिना लो ले आफ्नो सुमधुर आवाजका साथ गायक प्रकाश लामालई साथ दिएका छन् ।

नायक कुमार मोक्तानको शब्दलाई संगीत मार्फत पुर्णता दिने काम भने चर्चित गायक तथा संगीतकार जोगलाल लामाले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

प्रतिकृया दिन नभुल्नुहोस…..


तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्