30.1 C
Kathmandu

कला/ साहित्यब्लड क्यान्सर संग जितेका दुतराज लामाको नयां गीत अन्तराष्ट्रिय तामाङ परिषदका उपाध्यक्ष...

ब्लड क्यान्सर संग जितेका दुतराज लामाको नयां गीत अन्तराष्ट्रिय तामाङ परिषदका उपाध्यक्ष टासी लामाद्धारा बिमोचन

१ पौष २०७८,
काठमाडौ
। ब्लड क्यान्सर जस्तो प्राणघातक रोग संग जित हांसिल गरेका एक होनाहार युव दुतराज तामाङको तामाङ प्रेम गीत ‘आई लभ यु’ बिहीवार सार्वजनिक गरिएको छ ।

भक्तपुरस्थित ह्याङ्ला तोङ्वा स्टेशनमा एक कार्यक्रमका बिच उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । अन्तराष्ट्रिय तामाङ परिषदका उपाध्यक्ष टासी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलन तथा भिडियो सार्वजनिक कार्यक्रमका बिच तामाङ प्रेम गीत आई लभ यु को भिडियो सार्वजनिक गरिएको हो ।

उक्त कार्यक्रममा राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविण कुमार बल, नेकपा एमाले निकट युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष अमित लामा र युवा संघ नेपालकै केन्द्रिय नेता राकेश लामा ब्लोन बिशेष अतिथिको रुपमा रहेका थिए भने अतिथिको रुपमा सकरात्मक सोचका धनि अर्थात मोटिभेसनल स्पिकर बिकास देव योन्जन लगायत तामाङ समुदायका अन्य कलाकारहरु रहेका थिए ।

१५ वर्षको कलिलो उमेरमा नै ब्लड क्यान्सरले ग्रसित नव गायक हाल ब्लड क्यान्सरसंग जितेर नयां जिवन पाए संगै गीत संगीतको क्षेत्रमा आफ्नो समुदायको लागि केहि गर्नुपर्छ भन्ने हेतुले लागि परेको बताए ।

चर्चित गीतकार कुमार स्याङ्वाको शब्द रचना रहेको यस गीतमा संगीत दुतराज लामाको रहेको छ भने संगीतकारद्धय दुतराज लामा र चर्चित गायिका जितु लोप्चानको सुमधुर आवाज रहेको छ । गीतको भिडियो तर्फ भने विबेक लामाले निर्देशन र छायंकन गरेका हुन् । पछिल्ला समयमा निरन्तर रुपमा म्युजिक भिडियोमा सशक्त रुपमा लागेका मोडल लक्पा लामा र पुर्णिमा लामा थोकरको संयुक्त अभिनय रहेको तामाङ गीत आई लभ यु हयाङ्ला टिभि मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस…

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्