17.1 C
Kathmandu

ब्रेकिङ समाचारझापामा बस र मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु

झापामा बस र मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु

१ पौष २०७८,
काठमाडौ
। पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कन्काई नगरपालिका वडा नम्बर ७ दुर्गापुरमा बस र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।

गएराति ७ः४० बजे ना ५ ख ७९३७ नम्बरको बस र मे. ७ प. २८४६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किंदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक ईलामको रोङ गाउँपालिका–६ बस्ने ३३ वर्षीय सन्तोष राई र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका चन्द्र बहादुर राई रहेका छन् ।

उनीहरुको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

बस चालक ईलामको चुलाचुली–२ का ३१ वर्षीय सरोज ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्