18.1 C
Kathmandu

ब्रेकिङ समाचारनेपाली कांग्रेसको महामन्त्री पदको मतगणना आज सुरु गरिंदै

नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना आज सुरु गरिंदै

१ पौष २०७८,
काठमाडौ
। नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना आज सुरु गरिंदै छ । निर्वाचन समितिका एक सदस्यले बिहानदेखि महामन्त्रीको मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।

सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट डा. मिनेन्द्र रिजाल र गगन थापा तथा प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि प्यानलबाट राजाराम कार्की महामन्त्रीका उम्मेदवार छन् । निर्वाचनबाट दुई जना महामन्त्री चुनिने छन् ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनबाट सभापति र उपसभापति पदको परिणाम घोषणा भइसकेकाले महामन्त्री पदको मतगणना सुरु गर्ने तयारी भइरहेको नेपाली कांग्रेसको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताए । ‘महामन्त्रीका उम्मेदवारहरुका प्रतिनिधिहरु सबै आएपछि उहाँहरुको सहमति लिएर गणना सुरु गर्छौं,’ श्रेष्ठले भने ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्