24.1 C
Kathmandu

ब्रेकिङ समाचारनेपाली काँग्रेसको सभापति पदमा पुनः शेरबहादुर देउवा विजयी

नेपाली काँग्रेसको सभापति पदमा पुनः शेरबहादुर देउवा विजयी

२९ मंसिर २०७८,
काठमाडौ
। नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा पुनः शेरबहादुर देउवा विजयी भएका छन् । १३ औं महाधिवेशनमा पहिलो पटक काँग्रेस सभापति बन्न सफल देउवा १४ औं महाधिवेशनबाट पनि भारी मतान्तरका साथ निकटतम प्रतिद्वन्द्वी डा शेखर कोइरालालाई पराजित गर्दै दोस्रो पटक सभापतिमा निर्वाचित भएका हुन् ।

सोमबार पहिलो चरणमा भएको मतदानमा ४ हजार ६७९ मत खसेकामा मंगलबार घटेर ४६२३ मत खसेको निर्वाचन समितिका एक अधिकारीले जानकारी दिए ।

काँग्रेसमा कुल मतदाता संख्या ४ हजार ७४३ जना रहेकोमा बाँकी अनुपस्थित भएका थिए । मतपरिणामअनुसार देउवाले २७३३ मत पाउँदा कोइरालाले १८५५ मत प्राप्त गरे भने ३५ मत बदर भएको जानकारी आएको छ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्