22.1 C
Kathmandu

ब्रेकिङ समाचारसभापतिमा देउवाले पाएन बुहमत, दोस्रो चरणको मतदान आजै गर्ने

सभापतिमा देउवाले पाएन बुहमत, दोस्रो चरणको मतदान आजै गर्ने

२८ मंसिर २०७८,
काठमाडौ
। नेपाली कांग्रेसको १४ औं महाधिवेशनको क्रममा मतगणना सकिएको छ । मतगणना सकिए पनि सबै भन्दा बढी मत ल्याएका सभापतिको उम्मद्वार शेरबहादुर देउवाले बहुमत ल्याउन सकिएन ।

देउवाले बहुमत ल्याउन नसकिएपछि दोस्रो चरणको मतदान गर्नु परेको हुंदा आजै दोस्रो चरणको मतदान गर्ने तयारी रहेको छ । मत गणना सकिएलगत्तै निर्वाचन समितिका एक जना सदस्यले भने, दोस्रो चरणको मतदान आजै गर्ने गरी छलफल सुरु गरिएको छ ।

कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात ५१ प्रतिशत मत ल्याउनुपर्छ ।

आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । यसअनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्थ्यो । तर सबैभन्दा धेरै मत ल्याएका देउवाले २२५८ मत मात्र पाए । उनलाई सभापति निर्वाचित हुन ८२ मत पुगेन ।

दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने देउवा र दोस्रो हुने डाक्टर शेखर कोइराबीच प्रतिस्पर्धा हुने छ । कोइरालाले १७४९ मत ल्याएका छन् । तेस्रो भएका प्रकाशमान सिंह श्रेष्ठ, चौथो भएका विमलेन्द्र निधि र पाँचौ स्थानका कल्याण गुरुङ भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्