19.1 C
Kathmandu

ब्रेकिङ समाचारएमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

२६ मंसिर २०७८,
काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज पनि स्दैछ। एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक बिहान ११ बजे भक्तपुरको गठ्ठाघरमा बस्दैछ ।

शनिबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको हो । पहिलो दिनको बैठकमा सपथ ग्रहण छुटेका केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराइएको थियो भने पार्टीको केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको थियो ।

बेठकबाट आगामी २३ पुसमा जिल्ला अधिवेशन एकै साथ र माघ ८ गते सबै प्रदेश कमिटीको अधिवेशन एकैसाथ गर्न निर्देशन दिइएको छ ।

आजको बैठकले भने नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी बाँडफाँट गर्ने र प्रदेशमा रिक्त रहेका पदाधिकारीहरू मनोनित गर्नेछ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्