30.1 C
Kathmandu

कला/ साहित्यतामाङ चलचित्रका नायक अमिर दोङलाई महानायक र कुमार मोक्तानलाई मेगा स्टारको उपाधी

तामाङ चलचित्रका नायक अमिर दोङलाई महानायक र कुमार मोक्तानलाई मेगा स्टारको उपाधी

२६ मंसिर २०७८,
काठमाडौ
। तामाङ चलचित्रका नायक तथा निर्देशक अमिर दोङलाई तामाङ चलचित्रको महानायक र नायक कुमार मोक्तानलाई तामाङ मेगा स्टारको उपाधीले सम्मान गरेको छ ।
शनिबार काठमाडौ कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका साथ बिरिसु मिडिया प्रा.लि.द्धारा सो उपाधीका साथ सम्मान गरेको हो ।

बिरिसु मिडियाको आयोजनामा प्रथम स्टार म्युजिक एन्ड फिल्मस अवार्ड २०७८ र सम्मान कार्यक्रममा बाग्मती प्रदेशका उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यतामा तामाङ चलचित्र जगतमा बिगत लामो समयदेखी निरन्तर योगदान दिंदै आएका दुई नायकलाई योगदानको उच्च मुल्यांकन गर्दै सो उपाधीका साथ सम्मान गरेका हुन् ।

उक्त कार्यक्रमा नेपाल तामाङ कलाकार संघका संस्थापक अध्यक्ष एवम् बरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङलाई भने सेलो किङको उपाधी सहितको सम्मान दिएका छन् । कला र संस्कृतिको पहिचान, कलाकर्मीको सम्मान भन्ने मुल नाराका साथ बिरिसु मिडियाको आयोजनामा सम्पन्न प्रथम स्टार म्युजिक एन्ड फिल्मस अवार्ड २०७८ मा विभिन्न ४९ बिधामा अवार्ड वितरण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बागमती प्रदेशका उप(सभामुख राधिका तामाङले सुदुरपश्चिम सम्मका गीतसंगीतलाई अवार्डमा समेटिनु राम्रो कुरा भएको बताइन । यो पहिलो म्युजिक अवार्ड कार्यक्रममा अवार्ड प्राप्त गर्नु हुने सबैलाई बधाई एंव शुभकामना । सुदुरपश्चिम सम्मका गीतसंगीतलाई अवार्डमा समेटिनु राम्रो कुरा हो । उनले भनिन ।

कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा बोल्दै नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले कलाकारलाई थप हौसला बढाउन अवार्ड कार्यक्रमले सहयोग पुग्ने बताए ।

त्यसैगरी बिशिष्ट अतिथिको रुपमा बोल्दै नेपाल चलचित्र कलाकार संघका पुर्व केन्द्रिय सदस्य डिबी बम्जनले अवार्ड कार्यक्रमले सांगीतिक र चलचित्र क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई अझ प्रोत्साहन मिल्ने बताए ।

मेगा स्टारको उपाधी सहितको सम्मान पश्चात नायक कुमार मोक्तानले कार्यक्रम आयोजक टिमलाई धन्यवाद दिंदै मेगा स्टारको उपाधी लिन सक्ने क्षेमता आफूमा नभएको महशुस गर्दै यो महत्वपुर्ण उपाधी सहितको माया अनि सम्मानले थप जिम्मेवारी दिएको र यसलाई सदा आदर र कदर गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

अवार्ड कार्यक्रमको जुरीतर्फ विश्व दोङ,रञ्जित लामा, पञ्चमाया तामाङ(सुस्मिता), राज किङ वाइबा रहेका थिए । कार्यक्रमका सभापती एवम् बिरिसु मिडिया प्रा.लि.का अध्यक्ष विवेक लोप्चनले बिरिसु मिडिया र टिमले कोरोनाले सुस्ताएको सांगीतिक क्षेत्रलाई माथी उकास्न सहयोग गरेको बताए ।

कार्यक्रममा दुर्गा नाथ दाहाल (समाजसेबी) लाई बिरिसु बर्ष समाजसेबी सम्मान (२०७८) बुद्धी तामाङ (कलाकार) लाई बिरिसु बर्ष कलाकार सम्मान(२०७८) घोषणा, यमन माझीलाई माझी किङ घोषणा, सबिता पोखरेललाई बिरिसु छापा मिडिया पत्रकारिता सम्मान(२०७८), राजु बोहोरा (रेडियो कर्मी)लाई बिरिसु बर्ष रेडियो पत्रकारिता सम्मान(२०७८), तुलसी गिरि (भावुक)लाई बिरिसु रंग पत्रकारिता सम्मान(२०७८), शोभा त्रिपाठीलाई बिरिसु टेलिभिजन रंग पत्रकारिता सम्मान(२०७८)गरी १० जनालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा टेलिसिरियल जुठे, भद्रगोल र मेरो कथालाई पनि अवार्ड प्रदान गरिएको थियो । कार्यक्रमलाई कर्म लोले सञ्चालन गरेका थिए भने उज्यालो नेटवर्क र भिजन न्युज नेपालले सपोर्ट गरेका थिए भने कार्यक्रमको सह–आयोज तामाङ चलचित्र संघ रहेको थियो । कार्यक्रममा नेपाली गीतसंगीतका चर्चित एंव हस्तीहरुको उपस्थीति रहेको थियो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्