16.8 C
Kathmandu

ब्रेकिङ समाचारतेमालको मैनाजाङमा १५ शैयाको अस्पताल शिलान्यास हुँदै

तेमालको मैनाजाङमा १५ शैयाको अस्पताल शिलान्यास हुँदै

२५ मंसिर २०७८,
काठमाडौं – काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ९ को मैनाजाङमा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ । उक्त अस्पताल अभिमानसिं फाउन्डेशन नामको सामाजिक संस्थाले बनाउन लागेको हो ।


हर्क एण्ड अभिमान सिंह सामुदायिक अस्पताल नामकरण गरेको उक्त अस्पतालको भवन निर्माण शिलान्यास पौष ३ गते हुने भएको छ । पराङगाङ निवासी बहुतसिं थोकर र नेत्रसिं थोकरको बुबा स्वर्गीय हर्कसिं थोकर र अभिमानसिंको स्मृतिमा सो अस्पताल निर्माण हुन लागेको जनाएको छ ।


अस्पताल निर्माणका लागि नेत्रसिं थोकरले ९ रोपनी जग्गा दान गरेपछि अस्पताल निर्माणका लागि सहज भएको छ ।
अस्पताल भवनको शिलान्यास भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले गर्ने कार्यक्रम रहेको अस्पतालका अध्यष तथा बज्रशक्ति समाजका अध्यक्ष वीरबहादुर घिसिङले जानकारी दिए ।
शिलान्यास कार्यक्रम वडा नं. ९ को कार्यालय मैनाजाङमा बिहान ११ बजे हुने फाउन्डेसनका अध्यक्ष सुदिपमान सिंह बस्नेतले जानकारी दिए ।


विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणले स्वास्थ्य क्षेत्रमा ठूलो चुनौती थपेको बताउँदै अध्यक्ष बस्नेतले यस अस्पताल निर्माणले स्थानीयहरु स्वास्थ्य उपचारका लागि अन्यत्र ठुला अस्पतालहरु धाउनु नपर्ने र अन्यत्र अस्पतालमा गएर उपचार गराउँदा हुने खर्चको समेत बचत हुने बताए ।


७७ वटै जिल्लामा १५ शैय्याको सामुदायीक अस्पताल निमार्ण गर्ने फाउन्डेशनको अभियान रहेको उनले जानकारी दिए ।
यो अस्पताल निर्माणसँगै काभ्रे, सिन्धुली र रामेछापका जनताले सहज रुपमा स्वास्थ्य सेवा पाउनेछ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्