20.1 C
Kathmandu

कला/ साहित्यबौद्ध परिसरबाट बाध्यवादन सहितको र्‍यालीबाट शुरु भयो पहिलो दिनको तामाङ मौलिक सेलो...

बौद्ध परिसरबाट बाध्यवादन सहितको र्‍यालीबाट शुरु भयो पहिलो दिनको तामाङ मौलिक सेलो संगीत महोत्सव २०७८

२४ मंसिर २०७८,
काठमाडौ
नेपाल तामाङ कलाकार संघको आयोजनामा ‘दोस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव २०७८’ को पहिलो दिनको कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।

शुक्रवार काठमाडौ बौद्ध चुच्चेपाटी स्थित होटल हायतको खुल्ला मैदानमा महोत्सवको पहिलो दिनको कार्यक्रम सम्पन्न भएको हो । विभिन्न तामाङ मौलिक बाध्यवादन सहितको र्‍यालीबाट शुरु भएको पहिलो दिनको कार्यक्रम विबिध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ । तामाङ मौलिक बाजा डम्फु सहितको र्‍यालीमा अन्य विभिन्न बाध्यवादन सहितको नाचगान समेत रहेका थिए । तामाङ कलाकार, पत्रकार, गान्वा, ताम्बा, बोन्बो, लामा सहित अन्य विभिन्न ठाउंबाट महोत्सव सफल पार्न आएका तामाङहरु बौद्ध परिसरमा जम्मा भएका थिए । विभिन्न तामाङ संघसंस्थाहरुको व्यानर सहितको र्‍याली बौद्ध परिसर हुंदै कार्यक्रमस्थलमा पुगेका थिए ।

महोत्सवको पहिलो दिनको उद्घाटन समारोह कार्यक्रम पर्यटन, सस्कृति तथा नागरिक उड्यन मन्त्री प्रेम आले मगरद्धारा तामाङ मौलिक बाजा डम्फु बजाएर समुद्घाटन गरेका थिए । कार्यक्रममा अतिथिका रुपमा बागमती प्रदेशका उपसभामुख राधीका तामाङ, अन्तराष्ट्रिय तामाङ परिषदका उपाध्यक्ष टासी लामा लगायत अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरु रहेका थिए ।

औपचारीक कार्यक्रम सम्पन्न भए पश्चात रातको ८ बजे सम्म विबिध सांस्कृतिक कार्यक्रम सहित पहिलो दिनको कार्यक्रम सम्पन्न भएको हो । महोत्सवको दोस्रो दिनको कार्यक्रम भने भोलि बिहान ११ बजे देखि रातको ८ बजे सम्म रहने र भोलि हुने दोस्रो दिनको कार्यक्रममा तामाङ मौलिक गीत फापरे सेलो, खान्दोके, म्हेन्दोमाया, लगायत ताम्बा गान्बा र नव कलाकारहरुको प्रस्तुती रहने कार्यक्रम आयोजक टिमले जानकारी दिएको छ ।

‘सम्पुर्ण तामाङ कलकाहरुको एकता, तामाङ कला संस्कृतिको संरक्षण तथा प्रवद्र्धन हाम्रो प्रतिवद्धता’ भन्ने मुल नाराका साथ सञ्चाल गरेको महोत्सव भोलि पुर्ण रुपमा सम्पन्न हुनेछ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्