19.1 C
Kathmandu

ब्रेकिङ समाचारभक्तपुर युवा संघका नेता राजन श्रेष्ठको हत्या

भक्तपुर युवा संघका नेता राजन श्रेष्ठको हत्या

२२ मंसिर २०७८,
काठमाडौ
। गए राती गठ्ठाघर हुंदै बालकोट जाने फलामे पुल नजिकै बालकोट निवासी राष्ट्रिय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटी सदस्य राजु श्रेष्ठ (आर पी) को हत्या गरी फालिएको अबस्थामा सब फ़ेला परेको छ ।

नगद लेनदेनको कारोवारको बिषयमा विवाद पश्चात श्रेष्ठको हत्या गरिएको खुलेको छ । मृतक श्रेष्ठबाट २५ लाख रुपैया लिएका हेमन्त श्रेष्ठले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको अपराध अनुसन्धान महाशाखाले जानकारी दिएको छ ।

हत्या अभियोगमा प्रहरीले भक्तपुर निवासी हेमन्त श्रेष्ठ र मोरङका प्रेम बिश्वकर्मलाई पक्राउ गरि अनुसन्धान थालेको छ । अनुसन्धानबाट २५ लाख मध्य हेमन्तले मुतक श्रेष्ठलाई केही रकम तिरिसकेको र बांकी रकम लिनका लागी राजन श्रेष्ठलाई बालकोट जाने फलामे पुलमा बोलाएको र आफ्नो साथी प्रेम बिश्वकर्म सहितको संलग्नतामा श्रेष्ठको हत्या गरेको अनुसन्धानमा खुलेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्