24.1 C
Kathmandu

ब्रेकिङ समाचारतनहुँमा गोली लागेर एक युवकको मृत्यु

तनहुँमा गोली लागेर एक युवकको मृत्यु

२० मंसिर २०७८,
काठमाडौ
। तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

शिकार खेल्न जङ्गलमा गएको बेला गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । प्रहरीले बन्दुकसहित सोही ठाउँका ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ खड्काले जानकारी दिए । पक्राउ पर्ने गुरुङ मृतकका छिमेकी हुन्

तपाईंको प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्