28.1 C
Kathmandu

ब्रेकिङ समाचारकाँग्रेस बाग्मती प्रदेश सभापतिका लागि संस्थापन, पौडेल र सिटौला पक्षका छुट्टाछुट्टै उम्मेदवारी

काँग्रेस बाग्मती प्रदेश सभापतिका लागि संस्थापन, पौडेल र सिटौला पक्षका छुट्टाछुट्टै उम्मेदवारी

१८ मंसिर २०७८,

काठमाडौ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेशमा सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ ।

प्रदेश सभापतिका लागि संस्थापन पक्ष, पौडेल र सिटौला पक्षका छुट्टाछुट्टै उम्मेद्धार परेको छ । संस्थापन पक्षबाट बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट नुवाकोटका निवर्तमान सभापति जगदीश्वर नरसिंह केसी र नेता कृष्णप्रसाद सिटौला पक्षबाट भीमसेनदास प्रधानले उम्मेदवारी दर्ता गराएका हुन् ।

सभापतिमा आज शनिबार बिहान ९ बजेदेखि मतदान हुनेछ । प्रदेश प्रतिनिधिको रूपमा चुनिएर आएका २ हजार १३७ जना प्रतिनिधिले मत दिनेछन् । अधिवेशनबाट प्रदेश सभापति एक जना, उपसभापति दुई जना, महामन्त्री दुई जना, सहमहामन्त्री तीन जनासहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिनेछ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्