28.1 C
Kathmandu

ब्रेकिङ समाचारनेपाली काँग्रेस बागमती प्रदेशको प्रथम अधिवेशन अन्तर्गत आज मनोनयन दर्ता हुँदै

नेपाली काँग्रेस बागमती प्रदेशको प्रथम अधिवेशन अन्तर्गत आज मनोनयन दर्ता हुँदै

१७ मंसिर २०७८,

काठमाडौ । नेपाली काँग्रेस बागमती प्रदेशको प्रथम अधिवेशन अन्तर्गत आज मनोनयन दर्ता हुँदैछ । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हेटौंडामा बिहीबारबाट सुरु भएको अधिवेशनमा आज शुक्रबार मनोनयन दर्ताको कार्यतालिका रहेको छ ।

मनोनयन दर्ताका लागि बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । उक्त समय भित्र प्रदेश समितिका विभिन्न पदका आकांक्षीहरूले मनोनयन पत्र भरेर दर्ता गरिसक्नुपर्ने प्रदेश निर्वाचन समितिले जनाएको छ ।

उम्मेदवारी दर्ता सम्पन्न भए पश्चात उम्मेदवार माथि दावी विरोधको समय भने दिउँसो १ बजेदेखि २ बजेसम्म तोकिएको छ । दावी विरोध परेका उपर दिउँसो ३ बजेसम्ममा निर्वाचन समितिले निर्णय दिइसक्ने जनाइएको छ । निर्वाचन कार्यतालिका अनुसार दिउँसो ३ बजेदेखि ४ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रम अनुसार प्रारम्भिक नामावली प्रकाशित गर्ने प्रदेश निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता केशव प्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार उम्मेदवारी फिर्ता लिने समय भने साँझ ४ बजेदेखि ५ बजेसम्म तोकिएको छ । साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिने उनले बताए ।

निर्वाचन अन्तर्गत भोलि मंसिर १८ गते बिहान ९ बजेदेखि मतदान हुनेछ । प्रदेश प्रतिनिधिको रुपमा चुनिएर आएका करिब २ हजार १ सयभन्दा बढीले प्रदेश समिति निर्वाचनमा मतदान गर्नेछन् ।

अधिवेशनबाट प्रदेश सभापति १ जना, उपसभापति २ जना, महामन्त्री २ जना, सहमहामन्त्री ३ जना र ८३ जना सदस्यसहित ९१ जनाको प्रदेश समिति चयन गरिनेछ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्