१२ मंसिर २०७८
काठमाडौ । नेपाली कांग्रेसुको १४औँ अधिवेशनमा चुनावी प्रकृयाबाटै तिर्थ लामा आफ्ना प्रतिद्धन्द्धीको तुलनामा भारी मतान्तरले काभ्रे जिल्लाको सभापतिमा निर्वाचीत भएको छ । यद्यपि लामालई औपचारिक रुपमा सभापति घोषण गर्न भने बांकी रहेको छ ।
लामाको जित संगै काभ्रेको कांग्रेसमा भने नयां इतिहांस कायम भएको छ । यस अघि तामाङ समुदायबाट नेपाली कांग्रेसको नेतृत्व गर्ने सम्म कोही पुगेको थिएन । यस पटक भने तामाङ समुदाय बाट काभ्रे जिल्लाको नेपाली कांग्रेसलाई हांक्ने नेतृत्व तह सम्म पुग्ने पहिलो व्यक्ति भने युवा नेता तिर्थ लामा बनेको छ ।
भरखरै प्राप्त मतपरिणाम अनुसार लामा काभ्रे कांग्रेसको सभापतिमा विजयी भएको नतिजा आए संगै सामाजिक सञ्जाल र मतगणना स्थलमा बधाईको ओइरो आउन थालेको छ ।