15.1 C
Kathmandu

ब्रेकिङ समाचारचितवनको चोकचोकबाट एमालेको जुलुस, उदघाटनस्थलमा भेला हुने क्रम जारी

चितवनको चोकचोकबाट एमालेको जुलुस, उदघाटनस्थलमा भेला हुने क्रम जारी

१० मंसिर २०७८
काठमाडौ
। नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा सहभागी हुनेहरुको जुलुस विभिन्न स्थानबाट निस्किने क्रम जारी छ ।

चितवनको हरेक चोक चोक बाट कार्यक्रम स्थलमा प्रवेश गर्नेको यत्ति बेला घुईचो नै रहेको छ । बाजागाजा, झण्डा, ब्यानरसहितको जुलुस उदघाटन समारोहमा परिणत हुने क्रम जारी रहेको छ ।

पूर्वी नेपालबाट आएकाहरुको जुलुस भरतपुर बस टर्मिनल (पारस बसपार्क) बाट र पश्चिम नेपालबाट आएकाहरुको जुलुस गैंडाकोटतर्फबाट निस्किएको छ ।

आँपटारी, हाकिमचोक, वीरेन्द्र क्याम्पस, शहीदचोक, गैंडाकोट, केन्द्रीय बसपार्क, विशालचोक लगायत स्थानबाट जुलुस निस्किएका छन् । ठूला जुलुस भने भरतपुर बसपार्क, आँपटारी र गैंडाकोटबाट निकालिएको एमाले चितवन अध्यक्ष पार्वती रावलले जानकारी दिइन् ।

ती जुलुसहरु महाधिवेशन उदघाटनस्थल नारायणी नदी किनारमा जम्मा हुने क्रम जारी छ । जुलुसहरुको नेतृत्व विभिन्न जिल्ला कमिटी र जनवर्गीय संगठनका नेताहरुले गरेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्