17.1 C
Kathmandu

कला/ साहित्य'दोस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव–२०७८' मा मूल आकर्षकका रुपमा ताम्बा संस्कृति...

‘दोस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव–२०७८’ मा मूल आकर्षकका रुपमा ताम्बा संस्कृति रहने

१४ मंसिर २०७८

काठमाडौ नेपाल तामाङ कलाकार संघले ‘दोस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव–२०७८’ को मिति समय र स्थान घोषणा गरेको छ । बिहिवार बौद्धस्थित नेपाल तामाङ घेदुङको सभाहलमा पत्रकार सम्मेलन मार्फत ‘दोस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव–२०७८’ को अवधारणा सार्वजनिक गर्दै संघले महोत्सव हुने मिति र स्थान सार्वजिनक गरिएको हो । नेपाल तामाङ कलाकार संघले यही मंसिर २४ र २५ गते तामाङ मौलिक सेलो संगीत महोत्सव गर्ने भएको छ । महोत्सव बौद्धस्थित होटल हायातको खुल्ला मैदानमा हुने ‘दोस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव–२०७८’ को अवधारणा पत्रमा उल्लेख गरिएको छ।

नेपाल तामाङ कलाकार संघले ‘पहिलो तामाङ सेलो संगीत तथा खाना महोत्सव २०७६’ भव्यताका साथ सम्पन्न गरेको थियो । गत वर्ष कोरोना भाइरसका कारण महोत्सव गर्न नसकेता पनि यस बर्ष भने कार्यक्रमलाई निरन्तरता दिंदै पृथक ढंगले सव्य र भव्य रुपमा महोत्सव सम्पन्न गर्ने तयारी रहेको संघले जानकारी दिएको छ ।

तामाङ समुदायको उत्पत्ति तथा सभ्यतासँगै जोडिएको डम्फू अर्थात् ताम्बा संस्कृतिको संरक्षण, संवर्द्धन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने ध्येयले महोत्सव आयोजना गरेको संघका अध्यक्ष विश्व दोङले जानकारी दिए। कार्यक्रमको मूल आकर्षकका रुपमा ताम्बा संस्कृति रहनुका साथै मौलिक गीतहरुको प्रस्तुतिले कार्यक्रम अझ बढी रोचक बनाउने र तामाङ संस्कृतिक सव्यतासंग सम्बन्धित सबै कुराहरुलाई समेटेर कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्ने संस्थागत चाहना रहेको अवधारण पत्रमा उल्लेख गरिएको छ ।

डाम्बा अर्थात डम्फू संस्कृति हाम्रो विधि, विधान र संस्कृतिको एउटा कानुन हो’, दोङले भने,‘ डम्फूले हाम्रो जन्मदेखि मृत्युसम्मको सबै विधिको ऐतिहासिक कुरा गर्छ । यो तामाङ समुदायको दर्शन पनि भएकोले यसलाई जोगाउन अति आवश्यक छ ।’ डम्फूको तालमा गाउने तामाङ सेलोमा म्हेन्दोमाया, खन्दोके, फापरे गीतहरु समुदायमा प्रचलित रहेको सुनाउँदै महोत्सवमा ती सबैलाई समेटिने दोङले बताए ।

दोस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव – २०७८ अवधारणा

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्