२५ कार्तिक २०७८
काठमाडौ । नेकपा एमालेका सचिव प्रदीप ज्ञावलीले वर्तमान सरकारले प्रदेशका मुख्यमन्त्री परिवर्तन बाहेकका अन्य काम गर्न नसकेको आरोप लगाएका छन् ।
भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले परामादेशबाट बनेको सरकारले ६–६ महिनामा मुख्यमन्त्री परिवर्तन बाहेक जनहितका काम गर्न नसकेको आरोप लगाए ।
सरकारको काम टिप्पणी गर्न लायक नै नभएको जिकिर गरे । उनले एमालेको १० औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने बताए । अध्यक्षलगायतका अधिकांश पदहरुमा सर्वसम्मत हुने उनको दावी छ ।