30.1 C
Kathmandu

अन्तर्राष्ट्रियजापानको प्रधानमन्त्रीमा पुनः किशिदा निर्वाचित

जापानको प्रधानमन्त्रीमा पुनः किशिदा निर्वाचित

२५ कार्तिक २०७८/Kunga Woeser Tamang

जापान । जापानको प्रधानमन्त्रीमा लिवरल डेमोक्रेटिक पार्टी (एलडीपी)का अध्यक्ष फुमिओ किशिदा पुनः निर्वाचित भएका छन् ।

संसद्को विशेष अधिवेशनले उनलाई बहुमतका साथ निर्वाचित गरेको समाचारमा जनाइएको छ । गत अक्टोबर ३१ मा भएको पार्टीको अधिवेशनबाट उनी फेरि अध्यक्षमा निर्वाचित भएपछि अहिले प्रधानमन्त्रीमा पनि निर्वाचित भएका हुन् ।

गत अक्टोबर ४ मा पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका किशिदाले अहिले दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् । उनले मन्त्रिपरिषद्को सदस्यमा पनि आफ्नो पहिलो कार्यकालका सहयात्रीहरुलाई नै निरन्तरता दिने अपेक्षा गरिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्