28.1 C
Kathmandu

ब्रेकिङ समाचारसदस्यता विवादका कारण बाँके काँग्रेस कार्यालयमा तालाबन्दी

सदस्यता विवादका कारण बाँके काँग्रेस कार्यालयमा तालाबन्दी

२५ कार्तिक २०७८

काठमाडौ । नेपाली काँग्रेसको महाधिवेशनको तयारी देशै भरि भैरहेको अवस्था छ । यहि अवस्थामा कांग्रेसभित्र विगत लामो समय देखी सदस्यता विभिन्न जिल्लाहरुमा सदस्यता विवद चर्को रुपमा हुंदै आएको छ । सदस्य विवादकै कारण बाँकेको कार्यालयमा बिहीबार तालाबन्दी गरिएको छ ।

सदस्यता विवादका कारण बाँके क्षेत्र नम्बर १ का नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका हुन्। दुई सय ३९ फर्जी सदस्यता थपे भन्दै पार्टी कार्यालयमा ताला लगाइएको हो । क्षेत्र नम्बर १ का सभापति माधवराम खत्रीले एकलौटी सदस्यता वितरण गरेको भन्दै यहाँ पहिलादेखि नै सदस्यता विवाद भएको थियो।

उक्त फर्जी नाम फिर्ता आएपछि मात्र ताला खोलिने जिल्ला नेता पोषण केसीको भनाइ छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्