28.1 C
Kathmandu

ब्रेकिङ समाचारफेरि बढ्यो इन्धनको मूल्य, ग्यास अब सिलिन्डरको १५७५ रुपैयाँ

फेरि बढ्यो इन्धनको मूल्य, ग्यास अब सिलिन्डरको १५७५ रुपैयाँ

२४ कार्तिक २०७८

काठमाडौ । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलियम पदार्थ संगै खाना पकाउने ग्यासको पनि मूल्य बढेको छ ।

पेट्रोल, डिजेल र मटितेलका प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ कायम गरिएको छ । यससँगै पेट्रोलको भाउ उपत्यकामा प्रतिलिटर १३६ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ ।

आन्तरितर्फको हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १०१ रुपैयाँ पुर्‍याइएको र त्यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य अब प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ ।

बढेको मूल्य आज मध्यरातदेखि लागि हुनेछ । यसअघि निगमले गत कात्र्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको भाउ रु ३ नै बढाएको थियो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्