30.1 C
Kathmandu

ब्रेकिङ समाचारसत्तारुड गठबन्धनबीचको सहकार्य चुनावसम्म जारी रहन्छः गृहमन्त्री खाण

सत्तारुड गठबन्धनबीचको सहकार्य चुनावसम्म जारी रहन्छः गृहमन्त्री खाण

२४ कार्तिक २०७८
काठमाडौ
। सत्तारुड पाँच दलीय गठबन्धनको सहकार्य कम्तीमा आगामी चुनावसम्म जारी रहने गृहमन्त्री बालकृष्ण खाणले बताएका छन् । उनले गठबन्धनको सहकार्य कम्तिमा पनि चुनावसम्म निरन्तर रहने प्रस्ट पारे ।

बुधबार भैरहवा नेपाल महिला संघ रुपन्देहीको आयोजनामा सम्मपन्न एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री खाणले नेपाली काँग्रेसको गुमेको साख फिर्ता लिन गठबन्धनबीचको सहकार्यलाई जारी राख्नुपर्ने पक्षमा रहेको बताए । उनले गठबन्धनबिना काँग्रेस पनि सुरक्षित हुन नसक्ने भन्दै गठबन्धन कायम राखेरै चुनावमा जानुपर्ने प्रस्ट पारेका हुन् ।

वडा तह हुँदै केन्द्रीय निर्वाचन गर्ने पार्टी नेपाली काँग्रेसमात्रै रहेको बताउँदै खाणले नेपाली काँग्रेसलाई सवल, सक्षम र जिम्मेवार पार्टीको रुपमा अगाडि बढाएर पहिलो पार्टी बनाइने दाबी गरेसंगै पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्ने पनि बताए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्