28.1 C
Kathmandu

अर्थतन्त्रबैंकर्स संघको नयाँ कार्यसमिति घोषणा हुँदै

बैंकर्स संघको नयाँ कार्यसमिति घोषणा हुँदै

२३ कार्तिक २०७८
काठमाडौ
। वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति आज घोषणा हुँदैछ ।

संघको अध्यक्षमा अनिल उपाध्याय सर्वसम्मत चयन भइसकेका छन् । अध्यक्षका लागि उम्मेदवारी दिने निर्धारित मितिसम्म उपाध्यायको मात्रै उम्मेदवारी परेको थियो । एक साता अघि नै उपाध्याय नै अध्यक्ष हुने पक्का भए पनि घोषणा भएको छैन ।

आज मंगलबार दिउँसो ४ बजे होटल र्‍याडिसनमा संघको साधारणसभा बोलाइएको छ । साधारणसभामा अध्यक्षसहितको कार्यसमिति घोषणा गरिने संघका कार्यकारी निर्देशक अनिल शर्माले जानकारी दिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्