19.1 C
Kathmandu

कला/ साहित्यडिबी लामाको मर्मस्पर्शी गीत 'आपा आमा' बौद्ध धर्म गुरु आनी छोइङ...

डिबी लामाको मर्मस्पर्शी गीत ‘आपा आमा’ बौद्ध धर्म गुरु आनी छोइङ डोल्मोद्धारा बिमोचन

२० कार्तिक २०७८
काठमाडौ
। काभ्रेको रोशी गाउँपालिकाका प्रमुख डिबी लामाको मर्मस्पर्शी ‘आपा–आमा’ बोलको गीत बिहीवार सार्वजनिक भएको छ । धुलिखेलस्थित मिराबेल होटलमा एक कार्यक्रमको बिच उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।


चन्द्रदेव मोक्तान फाउण्डेशनले निर्माण गरिएको उक्त गीतको भिडियो बिहिबार बौद्ध धर्म गुरु तथा चर्चित गायिका आनी छोइङ डोल्मोले बिमोचन गरेका हुन्

तामाङ चलचित्र संघका अध्यक्ष एंव चर्चित नायक कुमार मोक्तानको निर्देशनमा बनेको उक्त गीतको भिडियोको मुख्य अभिनयमा कुमार मोक्तान, चाँदनी मोक्तान, रोशन फ्युबा, सोनाम लामा र अस्मिता तामाङको अभिनय रहेका छन् ।

रोशी गाउँपालिकाका प्रमुख डिबी मोक्तानको शब्द रचनामा रहेको उक्त गीतको स्वर/संगीत अमृत लामाको रहेको छ । गीतको मिक्सिङ दिपेश प्रधानले गरेका हुन् भने एरेन्ज पवन वाङ लामाले गरेका हुन । बुबा आमा प्रति समर्पित यस गीतमा बुबा आमाले छोडेका टुहुराका जीवनभित्रका यथार्थतालाई चित्रण गरेको देखिन्छ । भिडियोमा तामाङ संस्कार अनुसार जन्म पश्चातको न्वारन र मृत्यु पश्चात गरिने बिधिहरुलाई समेत समेटिएको देखिन्छ ।

शब्दमा निक्कै नै मर्मस्पर्शी तामाङ टिपिकल शब्द बर्दो, दम्बे छ्योई, छोन्बो, म्हार्मेन, देवाचेन, लगायत थुप्रै शब्दहरुको प्रयोग भएको देखिन्छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्