25.1 C
Kathmandu

कला/ साहित्यलागु औषध ओसार पसार सामाजिक अपराध होः तामाङ गीत 'चम चम'को मुल...

लागु औषध ओसार पसार सामाजिक अपराध होः तामाङ गीत ‘चम चम’को मुल सन्देश

१८ कार्तिक २०७८

काठमाडौ । मंगलबार तामाङ गीतसंगीतको बजारमा थप एउटा ईट्टा थपेको छ । बौद्ध पिपलबोट स्थित सञ्चालनमा रहेको सेकुवा जक्सनमा तामाङ कलाकार संघका अध्यक्ष चर्चित गायक तथा संगीतकार बिश्व दोङको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बिच बेनु लामाको तामाङ सेलो गीत ‘चम चम’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

प्रतिक मोक्तानको शब्द रहेको यस गीतमा संगीत र एरेन्ज जोगलाल लामाको रहेको छ भने आवाज बेनु लामा र सिर्जन स्याङ्तानको रहेको छ । मोडल तथा निर्देशक हेरुका लामा बलको निर्देशन तथा कोरियोग्राफिमा बनेको यस गीतको भीडियोमा भने निर्देशकद्धय हेरुका लामा बल, निरान्जलि लामा, सबु गोले र राजिव लुङ्वाको अभिनय हेर्न सकिनेछ । धेरै कलाकारहरुलाई समेटेर गीतसंगीतको माध्यम बाट मनोरञ्जन र सामाजिक चेतना एकै चोटी दिन खोजीएको यस गीतको भिडियोमा भने महानायकको रुपमा परिचित नायक तथा निर्देशक अमिर दोङ प्रहरिको भेषमा देख्न सकिनेछ । यस गीतको भिडियोमा अमिर दोङ, रमेश बुढाथोकी, सन्जय थापा, रबिन्द्र खड्का लगायत अन्य कलाकारहरु अतिथि कलाकारको रुपमा रहेका छन् ।

मकवानपुरको हेटौंडामा जन्मेका हेरुका लामा नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखी काम गर्दै आएका निक्कै नै मिहनेती कलाकार हुन् । पछिल्ला समय आफ्नै समुदायको लागी केही गर्न सक्छु र गर्न पर्छ भन्ने उदेश्यका साथ तामाङ गीत संगीतमा छिरेका मोडल तथा निर्देकको मंगलवार ‘चम चम’ को भिडियो सार्वजनिक कार्यक्रममा उपस्थित कलाकार, पत्रकार तथा अन्य गीतसंगीत प्रेमी महानुभावहरुले खुलेरै प्रशंसा गरेका थिए । लामाले यस अघि धेरै तामाङ गीतको भिडियोहरुमा अभिनय, निर्देशन र कोरिग्राफि गरिसकेका छन् ।

एउटा सामान्य तामाङ डान्सिङ सङलाई यसरि पर्यटकीय एवम् व्यापारिक क्षेत्र ठमेल बजारको रात्रिकालिन व्यवसाय संग जोडेर सामाजिक अपराध संग सम्बन्धित अपराधलाई निर्मुल पारौं भन्ने सन्देश दिन सक्नु भनेको चानचुने निर्देशनको क्षेमता होइन कार्यक्रमम सहभागी एक कलाकारले भने । त्यत्ति मात्रै नभएर अमिर दोङको चलचित्र क्षेत्रको २ दशक भन्दा बढि लामो यात्राकै पहिलो अनुभव रहेका थिए यस गीतको भिडियोमा प्रहरिको भेषमा रहेर अभिनय देखेको ।

ठेट तामाङ भाषामा रहेको यस गीतको शब्द लेखनमा थोरै कम्जोरी औल्याएका पत्रकार बन्धुहरुले समेत यस गीतको भिडियोको बारेमा खासै टिका टिप्पणी गरेनन् बरु खुलेर सबैले प्रशंसा गरे । भिडियो Heruk Lama Youtube channel मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…..

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्