20.1 C
Kathmandu

ब्रेकिङ समाचारसीता एयरको जहाज बँदेलसँग ठोक्कियो

सीता एयरको जहाज बँदेलसँग ठोक्कियो

१६ कार्तिक २०७८
काठमाडौ
। सीता एयरको जहाज आज बिहान बँदेलसँग ठोक्किएको छ । जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको हो ।

हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो । उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला जहाज बँदेलसँग ठोक्किएको विमानस्थल स्रोतले जनाएको छ । दुर्घटनामा मानवीय कुनै क्षति भएको छैन । १४ यात्रु र कार्गो बोकेको सो जहाजको अगाडिको र पछाडिको टायरको बीच भागमा प्वाल परेको छ ।

धावनमार्गबाट जहाज हटाएर विमानस्थल सन्चालनको प्रयास भइरहेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्