23.1 C
Kathmandu

कला/ साहित्यकुले दोङको नेपाली आधुनिक गीत 'हजारौंको भिडमा पनि' छायंकनको तयारीमा

कुले दोङको नेपाली आधुनिक गीत ‘हजारौंको भिडमा पनि’ छायंकनको तयारीमा

८ कार्तिक २०७८

काठमाडौ । कुले दोङको नेपाली आधुनिक गीत ‘हजारौंको भिडमा पनि‘ छायंकनको तयारी भएको छ । रोजगारीको सिलसिलामा देश बाहिर रहेको कुले दोङ तामाङको शब्द रचनामा सुरेश लामा र अस्मिता अधिकारीको सुमधुर आवाज रहेको नेपाली प्रेम गीत ‘डम्फु मिडिया’को ब्यानर मार्फत छायंकनको तयारी रहेको शब्दकार कुले दोङ तामाङले नमोबुद्ध न्यूजलाई बताएका हुन् ।

आज मात्रै ‘डम्फु मिडिया’ मार्फत प्रोमो सार्वजनिक गरिएको उक्त गीतमा संगीत सुरेश लामाको रहेको छ भने एरेन्ज दिक्षित पौडेलको रहेको छ । Acoustic स्टुडियोमा अडियो रेकर्ड सम्पन्न भएको यस गीतको मिक्सिङ भने प्रकाश मिश्रले गरेका हुन् ।

नेपाली गीतसंगीतको बजारमा चर्चामा रहेको गायक गायीकाको आवाजले सजिएको गीतको शब्द संगीत र गायन पक्ष हेर्दा यस गीत युगल प्रेम जोडीहरुले अत्यन्तै रुचाउने आशा शब्दकार कुले दोङ तामाङ बताएका छन् । तामाङ चलचित्र जगतको महानायकको रुपमा सुपरिचित अमिर दोङको निर्देशनमा भिडियो छायंकन हुन लागेको हुंदा भिडियो पक्ष झनै उत्कृष्ट रहने समेत उन्ले बताए ।

भिडियो हेर्नुहोस….

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्