26.1 C
Kathmandu

ब्रेकिङ समाचारकर्णाली नदीको बहाव बढेपछि जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा सारियो

कर्णाली नदीको बहाव बढेपछि जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा सारियो

३ कार्तिक २०७८

काठमाडौ । निरन्तरको वर्षाका कारण कर्णाली नदीको बहाव बढेपछि जोखिममा रहेका नदी छेउका बस्तीका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका –४ झालाका ५४ घरधुरी संख्या रहेको बस्तीका ११ घरधुरीका ७९ जना परिवारहरुलाई शिवालय माध्यमिक विद्यालय झालामा स्थानान्तरण गरिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

उनीहरुलाई बस्ने व्यवस्था स्थानीय पालिकाले गरेको र प्रहरी टोली त्यहाँ खटिएको बताइएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरिक्षक माधव प्रसाद श्रेष्ठका अनुसार तिला कर्णाली नदीमा १७४ भेडा बाख्रा बेपत्ता भएका छन् ।

निरन्तरको वर्षातका कारण विभिन्न ठाउंमा बाढि पहिरो जान थालेको छ भने धेरै ठाउंका वस्तिहरु डुबानमा परेका छन् ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्