30.1 C
Kathmandu

ब्रेकिङ समाचारबोक्सीको आरोपमा आफ्नै देवरले गरे भाउजुको हत्या

बोक्सीको आरोपमा आफ्नै देवरले गरे भाउजुको हत्या

१ कार्तिक २०७८

काठमाडौ । महोत्तरीमा दशैंको समयमा बोक्सीको आरोपमा एक महिलाको हत्या भएको छ भने अर्की एकलाई मलमुत्र खुवाएर दुर्व्यवहार गरेको खुलेको छ ।

महोत्तरी गाउँपालिका ३ मडई बस्ने सञ्जय झाले २७ असोजमा भाउजु शिलादेवीको हत्या गरेको प्रहरीले जनाएको छ ।

शिलादेवी, देवर सञ्जय र देवरानी रिंकुसँगै बस्दै आएकी थिइन् । गत असारमा सञ्जयसँग बिहे गरेकी रिंकुसँग गर्भवती थिइन् । गर्भपतन भएपछि संजय जनकपुधरामस्थित रिंकुको हजुरआमाको घरमा बस्न थाले । त्यहाँ बस्दा पनि रिंकु बेलाबेला विरामी भइन् । अस्पतालमा चेकजाँच गराउन रोग पत्ता नलागेको भन्दै सञ्जयले पत्नी रिंकुलाई झाँक्री कहाँ लिएर गए ।

त्यस क्रममा रिंकु काम्न थालेको र आफूलाई शिलादेवीको दिवंगत छोरा कृष्णा हुँ भनेको सञ्जयको दाबी छ । त्यही कारण सञ्जयले भाउजुमाथि बोक्सीको आरोप लगाए र २७ असोजको साँझ ५ बजेतिर जनकपुरबाट साइकलमा मडईस्थित आई घरमा सुतिरहेकी शिलादेवीको हथौडा प्रहार गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । भाउजुको हत्यापछि उनी जनकपुर फर्किएका थिए ।

महोत्तरी प्रहरीका प्रहरी निरीक्षक रञ्जन मिश्रले भने, ‘उनलाई मारेपछि मात्र परिवार सुरक्षित हुन्छ भन्ने अन्धविश्वासको कारण शिलादेवीको हत्या गरेको देखिन्छ ।’

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्