26.1 C
Kathmandu

ब्रेकिङ समाचारबिरिसु मिडियाको आयोजनामा पहिलो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड, टप ५ नोमिनिजका...

बिरिसु मिडियाको आयोजनामा पहिलो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड, टप ५ नोमिनिजका नाम सार्वजानिक

२४ असोज २०७८

काठमाडौँ । बिरिसु मिडियाको आयोजनामा पहिलो स्टार म्युजिक एण्ड फिल्मस अवार्डको टप ५ मा पर्न सफल नोमिनिजहरुको नाम सार्वजानिक गरिएको छ । अनामनगरको युनियन हाउसस्थित शनिबार एक कार्यक्रमबिच नोमिनेशन सार्वजानिक एंव प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुर्व उर्जा राज्यमन्त्री सुर्यमान दोङ (लालध्वज) उपस्थित भएका थिए ।

४८ बिधामा नोमिनेशनमा पर्न सफल १३७ जनालाई प्रमाण पत्र वितरण गरिएको बिरिसु मिडियाका निर्देशक सुम्सिता स्याङ्तानले जानकारी दिइन । कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पुर्व उर्जा राज्यमन्त्री सुर्यमान दोङ (लालध्वज) ले कलाकारलाई प्रोत्साहन र हौसला दिन आयोजना गरेको अवार्ड कार्यक्रम प्रसंशानिय काम भएको बताएका छन । साथै उनले सम्मान भन्ने कुरा मलाई लेउ भन्ने जस्तो हुन नहुने धारणा राखे ।

‘अहिलेको कतिपय सम्मान आँफैले लिने खालको भएको जस्तो लाग्छ । सम्मान भन्ने कुरा मलाई लेउ भन्ने जस्तो हुनु हुँदैन । कार्यक्रमको फाइनल निष्पक्ष होस् ।’ उनले भने ।

नेपाली साङ्गीतिक क्षेत्रमा लागेका कलाकारलाइ प्रोत्साहन मिलोस भनेर कार्यक्रम आयोजना गरिएको बिरिसु मिडियाका अध्यक्ष विवेक लोपचनले बताए । अध्यक्ष लोप्चनले अवार्ड कार्यक्रमको फाइनल भने मङसिर ११ गते गरिने र स्थान बारे भने भोटिङ कोड उपलब्ध गराउने दिनमा जानकारी दिने बताए ।

अवार्ड कार्यक्रमको फाइनलमा ३ दशक भन्दा लामो समयदेखी सांगीतिक क्षेत्रमा विशेष योगदान दिदै आएका बरिष्ठ संगीतकार एंव गायक सम्भुजित बास्कोटालाई १५ हजार १ सय १५ रुपैँया नगदसहित लाइफटाइम अचिभमेण्ट अवार्डबाट सम्मानित गरिने आयोजकले बताए ।

कार्यक्रममा आयोजक टिमलले बिभिन्न व्यक्तित्वहरुलाई सम्मन समेत गरेका थिए । सम्मान गर्ने क्रममा लाईफ टाईम अचिभमेन्ट अवार्ड – शम्भुजित बास्कोटा (बरिष्ठ गायक÷संगीतकार), गड अफ लाईट – कुलमान घिसिङ (प्रबन्ध निर्देशक ,नेपाल बिद्युत प्राधिकरण, बर्ष समाजसेवी सम्मान २०७८ – दुर्गा नाथ दाहाल (समाजसेबी), बर्ष कलाकार २०७८–बुद्दी तामाङ् (कलाकार), उदारणीय महिला–राम कुमारी झाक्री )शहरी बिकाश मंत्री,युवा नेता,सचिब, नेकपा समाजबादी), तामाङ् चलचित्र मेगा स्टार – कुमार मोक्तान, तामङ् चलचित्र सुपरस्टार–अमिर दोङ्, सेलो किङ्ग–चन्द्र कुमार दोङ्मा, झि किङ्ग–यमन माझी, छापा मिडिया पत्रकारिता सम्मान २०७८–सबिता पोखरेल, बर्ष रेडियो पत्रकारिता सम्मान २०७८–राजु बोहोरा (रेडियो कर्मी), रङ्ग पत्रकारिता सम्मान २०७८–तुलसी गिरि (भावुक), टेलिभिजन रंग पत्रकारिता २०७८ शोभा त्रिपाठी लगायतलाई कार्यक्रमका बिच सम्मान गरेका थिए ।

नोमिनेसनमा परेकाहरुलाई एस एम एस भोटिङ्बाट आएको अंकलाई ५० प्रतिशत र जुरिको निर्णय ५० प्रतिशत मानेर अवार्ड दिने आयोजक टिमले बताएको छ ।

कार्यक्रममा कलाकार, पत्रकार, समाजसेवी एंव समाजमा बिशिष्ट योगदान दिने व्यक्तीहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन भने पत्रकार कृष्ण खड्काले गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्