28.1 C
Kathmandu

ब्रेकिङ समाचारविद्यार्थीले आत्महत्या गरेपछि विद्यालयका प्रिन्सिपल पक्राउ, म्यासेन्जरमा अस्वाभाविक कुराकानी

विद्यार्थीले आत्महत्या गरेपछि विद्यालयका प्रिन्सिपल पक्राउ, म्यासेन्जरमा अस्वाभाविक कुराकानी

२३ असोज २०७८

काठमाडौ । बाँकेको बैजनाथ गाउँपालिका १ स्थित दीपज्योति स्कुलका विद्यार्थीले आत्महत्या गरेपछि सोही बिद्यालयका प्रधानाध्यापकदमन पाण्डे पक्राउ परेका छन् ।

जबरजस्ती करणी र आत्महत्या दुरुत्साहन सम्बन्धी कसूरमा किटानी जाहेरी पश्चात अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रवीन्द्र खनालले बताए । ‘जिल्ला अदालत, बाँकेबाट अनुसन्धानका लागि म्याद थप गरेर विस्तृत छानबिन भइरहेको छ,’ उनले भने, ‘प्रमाण संकलनको काम अब थालिनेछ ।’

दीपज्योति स्कुलबाट एसईई परीक्षा दिएकी १७ वर्षीया विद्यार्थी एलिसा शाहले ७ साउनमा गभरस्थित घरमा सलको पासोमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । घटनाको एक सातापछि पीडितले दिएको जाहेरीका आधारमा शिक्षक पक्राउ परेका हुन् ।

प्रहरीले एलिसाले लेखेको सुसाइड नोट पनि बरामद गरेको छ, जसमा ‘हजुरको नाक काट्नुभन्दा बरु म आफैं मर्छु’ भनिएको छ । नोटको अन्तिममा उनले आफूलाई धेरै डर लागिरहेको पनि उल्लेख गरेकी छन् ।

‘नोटबाट उनले स्वेच्छाले नभई कसैका कारणले आत्महत्या गर्नेसम्मको परिस्थिति सिर्जना भएको देखियो,’ एलिसाका बुबा वकिलजंगले दिएको किटानी जाहेरीमा भनिएको छ, ‘कसैसँग सम्बन्ध रहेको हुनसक्ने देखिएपछि फेसबुक एकाउन्ट खोलेर हेरेका थियौं ।’

म्यासेन्जरमा भएको कुराकानी हेर्दा एसईई दिएको विद्यालयका प्रधानाध्यापक पाण्डेसँग लामो समयदेखि ‘अस्वाभाविक कुराकानी’ भएको देखिएको उनको भनाइ छ । एलिसा कक्षा ११ मा रामजानकी उच्च माविमा पढिरहेकी थिइन्, तर पाण्डेले त्यहाँ पनि अध्यापन गराउने गरेको देखिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्