30.1 C
Kathmandu

अन्तर्राष्ट्रियजापानको १००औं प्रधानमन्त्रिमा किशिदा फुमिओ नियुक्त

जापानको १००औं प्रधानमन्त्रिमा किशिदा फुमिओ नियुक्त

05 Oct,2021/Kunga Woeser Tamang
Japan-लिबरल डेमोक्रेटिभ पार्टीका अध्यक्ष किशिदा फुमिओ जापानको नयां प्रधानमन्त्री बनेका छन। सोमबार प्रतिनिधि सभा र हाउस अफ काउन्सिलरको असाधारण सत्रमा किशिदा जापानको नयां प्रधानमन्त्रीको रूपमा नियुक्त भएका हुन।

६४ बर्षीय किशिदा जापानको १०० औं प्रधानमान्त्रीका रूपमा नियुक्त भएका हुन। डाईटका दुबै कक्षका संसादहरूले मुख्य सत्तारूढ दल लिबरल डेमोक्रेटिभ पार्टीका नवनिर्वाचित नेतालाई मतादान गरेका थिए।

किशिदाले संसादको तल्लो सदनको ३११ मत पाएका थिए।यो संख्या बहुमत भन्दा ८० मतले बढी हो। उनले माथिल्लो सदनमा १४१ मत प्राप्त गरे, उनको आवश्यक भन्दा २० मत बढी थियो।
६४ बर्षीय राजनैतिक अनुभवी सुगा योशिहिदे जो निबर्तमान प्रधानमन्त्री हुन, उनले एलडिपी नेताको रूपमा पुन:चुनावमा भाग नलिएपछि किशिदाले अन्य ४ प्रतिस्पर्धीलाई हराउदै बाजी मारेका थिए।

सत्ताधारी एलडिपीको ३० बर्षे ईतिहासमा पहिलोपटक कोचिकाई समूहबाट प्रधानमन्त्री चुनिएको हो। त्यो गुटबाट अन्तिम पल्ट मियाजावा किचि प्रधानमन्त्री बनेको थिए।
किशिदा जापानको शीर्ष कुटनितिज्ञको रूपमा आफ्नो कार्यकालमा मानिएका थिए। परराष्ट्र मान्त्रीको रूपमा आफ्नो चार बर्ष भन्दा बढी समय जापानको छिमेकीहरू र सहयोगी देशहरूसंग सम्बन्ध सुधार गर्न काम गरेको थिए। उल्लेखनीय रूपमा किशिदाले हिरोशिमाको पहिलो भ्रमणको रूपमा अमेरीकी राष्टपति बराक ओबामालाई गराउॅंदा उनले त्यसको जिम्मेबारी सम्हालेको थिए।
किशिदाले पत्रकार सम्मेलन गरेर आफ्नो मन्त्री परिषदको पहिलो बैठक बोलाउने अपेक्ष गरिएको छ।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्