29.1 C
Kathmandu

कला/ साहित्यसाजन मोक्तान अभिनित सन्तोष गोलेको 'आप्पाको डर' म्युजिक भिडियो सार्वजनिक

साजन मोक्तान अभिनित सन्तोष गोलेको ‘आप्पाको डर’ म्युजिक भिडियो सार्वजनिक

८ असोज २०७८/छेडुप तामाङ

काठमाडौ । नेपाली गीतसंगीतको बजारमा शुक्रवार एउटा ईट्टा थपिएको छ । शुक्रवार काठमाडौ बौद्ध जोरपाटी स्थित एक कार्यक्रमका बीच सेलो गीत ‘आप्पाको डर’को बिमोचन संगै गीतसंगीतको बजारमा एउटा संख्या थपिएको हो ।

राष्ट्रिया तथा अन्तराष्ट्रिय रुपमा ख्याति प्राप्त गायक तथा संगीतकार रोज मोक्तानको प्रमुख आतिथ्यता तथा तामाङ चलचित्र जगतका महानायकका रुपमा चिनिएका अमिर दोङको बिशेष आतिथ्यतामा एक कार्यक्रमका बीच सन्तोष गोलेको ‘आप्पाको डर’ बोलको सेलो गीत म्युजिक भिडियो सहित सार्वजनिक गरिएको हो ।

शुक्रवार सार्वजनिक गरिएको उक्त गीतमा चर्चित गीतकार कुमार स्याङ्वाको शब्द रहेको छ भने संगीत अनिश योञ्जनको रहेको छ । नव गायक सन्तोष तामाङको स्वर रहेको ‘आप्पाको डर’को भिडियो निर्देशन युद्ध लामा ब्लोनले गरेका हुन भने अभिनय साजन मोक्तानको साथमा मियु लोप्चान र सम्झना थिङ्को रहेको छ । समाजसेवामा अग्र पङ्तिमा रहेको साजन मोक्तान शैलुङ्गे मेला बाट अभिनय क्षेत्रमा आगमन भए संगै यस गीतमा दोस्रो पटक देखिएका हुन् ।

कार्यक्रमको अध्यक्षता बुद्धलिङ मिडिया प्रोडक्शनका सञ्चालक एवम् मोडल/निर्देशक युद्ध लामा ब्लोनले गरेका थिए भने स्वागत मन्तव्य मोडल साजन मोक्तनले राखेका थिए ।

संधै जसो म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा भिडियोको नकरात्मक र सकरात्मक दुवै पक्षको टिकाटिप्पणी गरिरहने सारा खबरका सञ्चालक मिलन दोङ तामाङले भने यो पटक आम सञ्चारकर्मीले भिडियो निर्माण पक्षले सांच्चै नै समाजमा बिकृति बिसंगति फैलाउने खालका छन् या समाजलाई मार्गदर्शन गर्ने खालका छन् यस बिषयमा मात्र टिकाटिप्पणी गर्न आम सञ्चारकर्मीलाई अनुरोध गरेका थिए । एउट म्यूजिक भिडियो निर्माण गर्नका लागी निर्माण मक्षको ठुलो लगानी र संघर्ष रहेको हुंदा भिडियो क्वालिटि लगायत अन्य विषयमा हलभित्र पर्दामा एक पटक हेरेर मात्र भिडियोको बारेमा चर्चापरिचर्चा गर्न नहुने समेत बताएका थिए । घरमा गएर पटकपटक भिडियो हेर्नुहोस अनि मात्रै सोही बमोजीम समाचार संप्रेषण गर्नुहोस पत्रकार मिलन दोङ तामाङ्ले भने । कलाकारहरु आजभोली रहर पुरा गर्नकै लागी मात्र पनि यस क्षेत्रमा आएको दिखिन्छन् तसर्थ अबका दिनहरुमा निर्माण पक्ष र निर्देशन पक्षले यस्ता बिषयमा समेत ध्यान पुर्‍याउन अनुरोध गरेका थिए ।

बिशिष्ट अतिथिको रुपमा रहेका नायक/निर्देशक अमिर दोङले मन्तव्यको क्रममा दिनानुदिन नव कलाकारहरुको आगमन संगै गीतसंगीतको बजारमा नयां उर्जा थपिएको कुरा व्यक्त गर्दै नव कलाकारहरुको सांगीतिक जगतमा उज्वल भविश्यको लागि शुभकामना व्यक्त गरेका थिए । समग्रमा भिडियो राम्रै बनेको र आगामी दिनहरुमा अझ राम्रो गर्दै जानु पर्ने कुरामा उनले जोड दिएका थिए । एउटा भिडियो बनाउन सामान्य ढंगले मात्र सोचेर हुंदैन उत्कृस्ट भिडियो निर्माण कसरि गर्ने बिषयमा समेत निर्माण पक्षले सोचेर भिडियो बनाएमा अबका दिनहरुमा संख्यात्मक र गुणात्म दुवै पक्षमा आम बजारमा प्रतिस्पर्धा गर्न सकिने र राम्रै बजार पाउने कुरा बताएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि रोज मोक्तानले गीतको अडियो पक्ष एकदमै राम्रो रहेको भिडियो पक्ष समेत प्रशंसायोग्य रहेको कुरा बताउंदै गीतसंगीतको दुनियामा नव कलाकारहरुको उपस्थिति निक्कै बाक्लिदै गएको र यसलाई निरन्तरता दिनु पर्ने कुरामा जोड दिएका थिए । गायक तथा संगीतकार देखी अभिनय क्षेत्रमा पाईला चाल्ने मोडलहरु र पत्रकारहरुलाई समेत गीतसंगीतको बजारलाई कसरी माथी उठाउन सकिन्छ भन्ने कुरामा प्रभावकारी एवम् महत्वपूर्ण सुझावहरु समेत दिएका थिए । पछिल्ला समय रहरले गीतसंगीतमको बजारमा लहर लागेको देखिएको छ अब रहरले होईन सांच्चै नै यस क्षेत्रमा निरन्तरता दिंदै अगाडी बढ्रनु पर्ने कुरामा समेत जोड दिएका थिए । रोज मोक्ताने त्यो बेलामा आफुहरुले सांगीतिक क्षेत्रमा गरेका दुःख कष्ठ र संघर्षका यथार्थ कथा र व्यथा मन्तव्यको क्रममा जोडिदा उपस्थित सबै मौन भएका थिए ।

भिडियो Buddhaling Media Production मार्फत सार्वजनिक गरिएको हो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्