८ असोज २०७८
काठमाडौ । विधान महाधिवेशनको तयारीका लागि नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजे बैठक बस्न लागेको एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
तामाङको अनुसार केन्द्रीय समिति बैठकबाट विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने आजको बैठकको एजेण्डा रहेको छ ।