20.1 C
Kathmandu

ब्रेकिङ समाचारत्रिशूलीमा कार खस्यो, तीनजना बेपत्ता

त्रिशूलीमा कार खस्यो, तीनजना बेपत्ता

८ असोज २०७८

काठमाडौ । काठमाडौंबाट पोखरा जाँदै गरेको कार चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित नाग्दी खोलाबाट त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् ।

ग।२ च ४९१८ नम्बरको कार गएराति साढे १२ बजेतिर अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा खस्दा चालक सहित तीनजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार चालक पोखरा महानगरपालिका – १७ का ५५ बर्षका प्रेम बहादुर भुजेल, सोही स्थानका ५५ बर्षका लेख बहादुर भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल बेपत्ता रेहेका छन् ।

बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्