30.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्धमा नेपाली कांग्रेस वडा अधिवेशनले चुनिएका नेतृत्व (नामावली सहित )

नमोबुद्धमा नेपाली कांग्रेस वडा अधिवेशनले चुनिएका नेतृत्व (नामावली सहित )

७ असोज २०७८
भकुण्डेबेशी
। नेपाली कांग्रेस काभ्रे जिल्लाको १४ औं महाधिवेशनको क्रममा नमोबुद्ध नगपालिकामा वडा नंं १ बाहेकका सबै वडाहरुमा नेतृत्व चयन गरिएको छ ।

मंगलवार भएको वडा अधिवेशनबाट नमोबुद्ध नगरपालिका अन्तर्गतका १० वटा वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । वडा नं १ मा भने वडा सभापतिमा दावी गर्नेहरुबीच सहमती हुन नसकिदा नेतृत्व चैयन गर्न नसकिएको हो । मंगलबार सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयत्न असफल भएपछि उक्त वडामा पुनः अधिवेशन गर्नु पर्ने भएको हो ।

नगरपालिका अन्तर्गतका वडा नं २ मा रामहरि आचार्य, वडा नं ३ मा मुरारी पौडेल, वडा नं ४ मा ईन्द्र गौरमपिप्लि, वडा नं ५ सूर्य लामा, वडा नं ६ मा धनध्वज तामाङ, वडा नं ७ मा गोपाल कुईकेल, वडा नं ८ मा रामसुन्दर श्रेष्ठ, वडा नं ९ मा कान्छामान तमाङ, वडा नं १० मा लालकाजी तमाङ, वडा नं ११ मा शंकर भट्टराई वडा सभापतिमा सर्वसहमतिबाटै निर्वाचित भएका हुन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्