19.1 C
Kathmandu

ब्रेकिङ समाचारतेमालमा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न, युवालाई नेतृत्वमा जोड

तेमालमा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न, युवालाई नेतृत्वमा जोड

६ असोज २०७८/छेडुप तामाङ

काठमाडौ । नेपाली कांग्रेस काभ्रे जिल्लाको १४ औ महाधिवेशनको क्रममा तेमाल गाउँपालिका अन्तर्गत मंगलवार भएको वडा अधिवेशनबाट ९ वटै वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ ।

सर्वसम्मत निर्वाचित भएका वडा सभापतिहरुको नाम मंगलवार नै सार्वजनिक भएको छ । मंगलवार सार्वजनिक भएको वडा सभापतिहरुको नामवलीहरु अनुसार काभ्रेको तेमाल गाउंपालिकामा कांग्रेसले युवा पंतीलाई नेतृत्वमा जोड दिएको देखिन्छ । पालिकाअन्तर्गतका अधिकांश वडाहरुमा युवा पुस्तालाई वडा सभापतिमा सर्वसम्मत ढंगले निर्वाचित गरिएका छन् ।

वडा नं १ मा कुलदास तामाङ, वडा नं २ मान बहादुर तामाङ, वडा नं ३ मा विष्णुबहादुर तामाङ, वडा न. ४ मा जीतपुर लामा, वडा न.५ मा अर्जुन लामा, वडा नं ६ मा विकुलाल तामाङ, वडा नं ७ मा इन्द्रमान तामाङ वडा नं ८ मा कृष्णबहादुर घिसिङ र वडा नं ९ मा बिल बहादुर लामा वडा सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

यस्तै नमोबुद्ध नगरपालिका वडा नं.५ मा सुर्य लामा सर्वसहमतिले वडा सभापतिमा निर्वाति भएका हुन् ।

नेपाली कांग्रेसको क्रियाशील सदस्यता बारेको विवाद नटुङिगएका कारण केही जिल्लाको वडा अधिवेशन हुन सकेको थिएन । संशोधित कार्यतालिका अनुसार ७ वटा जिल्लाको अधिवेशन मंगलवार सम्पन्न भएको हो ।

प्रदेश २ का ८ जिल्लासहित कैलाली, सुर्खेत, डोल्पा, रसुवा र बाँकेको क्रियाशील सदस्यता बारेको विवाद भने अझैँ समाधान हुन सकेको छैन । यही असोज ९ गतेको लागि तोकिएको गाउँ/नगर अधिवेशनअघि वडा अधिवेशन सक्नैपर्ने वाध्यता काँग्रेसलाई छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्