23.1 C
Kathmandu

ब्रेकिङ समाचारनेपाल निजामती कर्मचारी संगठनका पदाधिकारीलाई रिहा गर्न एमालेको माग

नेपाल निजामती कर्मचारी संगठनका पदाधिकारीलाई रिहा गर्न एमालेको माग

५ असोज २०७८

काठमाडौ । नेकपा (एमाले) ले नेपाल निजामती कर्मचारी संगठनका पदाधिकारी र सदस्यहरुलाई रिहा गर्न माग गरेको छ । सोधपुछ र माथिको आदेशको नाममा संगठनका पदाधिकारी र सदस्यहरुलाई सुनियोजित रुपमा नियन्त्रणमा लिइएको भन्दै तत्काल रिहा गर्न भन्दै मंगलबार विज्ञप्ति जारी गरेको हो ।

नेकपा (एमाले) ले सोमबार साँझ बबरमहलस्थित संगठनको केन्द्रीय कार्यालयमा प्रवेश गरेर हुलहुज्जत, तोडफोड र संगठनका केन्द्रीय अध्यक्ष केदारप्रसाद देवकोटा, वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला लगायतका पदाधिकारीमाथि हातपात भएको घटनाको निन्दा समेत गरेको छ ।

सो घटनामा संलग्न आक्रमणकारीलाई कानुन बमोजिम कारबाही गर्नुको सट्टा उल्टै कार्यालयका कर्मचारी र कार्यालय तोडफोड भएको सूचना पाएपछि कार्यालयमा आएका पदाधिकारी र सदस्यलाई नियन्त्रण गरिएकोप्रति एमालेले गम्भीर ध्यानाकर्षण गरेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्