29.1 C
Kathmandu

ब्रेकिङ समाचारजन्मदिनको अवसरमा अभियान्ता रजनी तामाङले गरिन पुण्यको काम

जन्मदिनको अवसरमा अभियान्ता रजनी तामाङले गरिन पुण्यको काम

४ असोज २०७८

काठमाडौं। आजभोली धेरैजसो व्यक्तिहरुले आफ्ना जन्मदिन फरक–फरक तरिकाले मनाउन थालेका छन । पछिल्लो समय जन्मदिनको अवसरमा हुने अनावश्यक खर्चलाई सामाजिक क्षेत्रमा खर्च गर्नेको संख्या बढ्दै गएको छ । यसै क्रममा सामाजीक अभियान्ता तथा कानूनव्यवसायी रजनी तामाङले आफ्नो जन्मदिनको अवसरमा अनाथ/असाहय बालबालिकालाई सहयोग गरि मनाएका हुन् ।

तामाङले आफ्नो जन्मदिनको अवसर पारेर काठमाडौं गकर्णेश्वरस्थित रहेको अनाथ/असाहय गृह(Joint Disabled Unity Awaz Center) लाई रु.बीस हजार आर्थिक सहयोग गरेका छन् भने आर्थिक रूपमा विपन्न चिनी माया तामाङलाई रु.एक लाख पचास हजारको जीवन बीमा गरिदिएका छन् ।

फजुल खर्च गरेर जन्मदिन मनाउने परम्परालाई निरुत्साहित गर्दै अनाथ बालबालिकाहरुलाई सहयोग पुगोस भनेर नै अभियान्ता रजनी तामाङले सोमबार आफ्नो जन्मदिनको अवसर पारेर वरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार तामाङ, तामाङ चलचित्र जगतका महानायकको रुपमा परिचित अमिर दोङ, चर्चित गीतकार कुमार स्याङवा, अनाथ/असाहय गृहका अध्यक्ष तिलकुमार कार्की लगायत पत्रकारहरुका बीच अनाथ/असाहय बालबालिकालाई सहयोग गरेका हुन् ।

उक्त कार्यक्रममा सन नेपाल लाईफ ईन्सुरेन्सका प्रतिनिधि सहितको उपस्थितिमा आर्थिक रुपमा विपन्न चिनिमाया तामाङको एक लाख पचास हजारको जीवन बिमा गरेका हुन् । चिनिमाया तामाङ्लाई यस अघि पनि रजनी तामाङले साथ र सहयोग गर्दै आएका थिए । तामाङले नगद रकम सहित सहयोग गरेका उक्त आवास गृहमा हाल ४८ जना अनाथ/असाहय बालबालिकाहरु रहेका छन् । पिडित चिनिमाया तामाङका दुई बच्चाहरु समेत यसै आवास गृहमा रहेका छन् ।

यसै क्रममा काठमाडौं जर्सिङ् पौवा निवासी युवा व्यवसायी आनन्द बहादुर मोक्तान र निशान लामाले संयुक्त रुपमा उक्त आवास गृहका लागी रु पांच हजार नगद सहयोग गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्