16.8 C
Kathmandu

ब्रेकिङ समाचारएमाले स्थायी कमिटी बैठक अजा पनि बस्दै

एमाले स्थायी कमिटी बैठक अजा पनि बस्दै

४ असोज २०७८

काठमाडौ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । विधान महाधिवेशनमा पेश गरिने विधान संशोधन प्रस्ताव, राजनीतिक र साङ्गठनिक प्रतिवेदनबारे स्थायी कमिटीमा सुरु भएको छलफललाई आजपनि निरन्तरता दिन लागिएको हो ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आइतबार भएको स्थायी कमिटी बैठकमा ती प्रतिवेदन पेश भई छलफल सुरु भएको र सोमबार दिउँसो १ बजेको बैठकमा छलफल जारी रहने एमालेका केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

यही असोज १५ देखि १७ गते हुन ललितपुरको गोदावरीमा विधान महाधिवेशन तय गरेको छ । एमालेकोे केन्द्रीय कमिटीको गत साउन २५ मा सम्पन्न केन्द्रीय कमिटीको बैठकको निर्णयका आधारमा तयार विधानको मस्यौदा प्रस्ताव मातहतका कमिटीमा सुझावका लागि पठाएको थियो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्