24.1 C
Kathmandu

ब्रेकिङ समाचारनेकपा एमालेले स्थायी कमिटी बैठक बस्दै

नेकपा एमालेले स्थायी कमिटी बैठक बस्दै

३ असोज २०७८

काठमाडौ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा दिउँसो १ बजे स्थायी कमिटी बैठक बस्ने केन्द्रीय कार्यालय सम्बन्धित श्रोतले जानकारी दिएको हो ।

असोजमा हुने पार्टीको विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा विधान संशोधन प्रस्तावबारे छलफल हुने श्रोतले नमोबुद्ध न्यूजलाई जाकारी दिए ।

आजको स्थायी कमिटी बैठक भन्दा अगाडि संविधान दिवसको उपलक्ष्यमा एक कार्यक्रम हुनेछ भने उक्त कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्