19.1 C
Kathmandu

ब्रेकिङ समाचारआज देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदै

आज देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदै

३ असोज २०७८

काठमाडौ । आज देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ । सात राजनीतिक दल र नेकपा (माओवादी)का बीचमा भएको शान्ति सम्झौता, अन्तरिम संविधान, संविधानसभाको निर्वाचन र नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत जारी गरिएको संविधानको स्मरण गर्दै आज देशभरका विभिन्न ठाउंमा संविधान दिवस मनाइंदैछ ।

२०७२ साल असोज ३ गते संविधान जारी भएको दिन हो उक्त दिनकोको स्मरणमा प्रत्येक वर्ष संविधान दिवस मनाउने गरेको छ । यसपटक सातौँ संविधान दिवस मनाउन लागिएको हो । सरकारको निर्णयानुसार असोज २–४ गते राष्ट्रिय दिवसका रूपमा नेपाल र विदेशस्थित नेपाली राजदूतावास र नियोगमा दीपावलीलगायत कार्यक्रम गरी मनाउन लागिएको छ ।

मूल समारोह समितिअन्तर्गत प्रचारप्रसार उपसमितिले दिवसको व्यापक प्रचारप्रसारका लागि सरकारी, सामुदायिक तथा निजी क्षेत्रका सञ्चारमाध्यमलाई यसअघि नै आग्रह गरेको थियो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्