23.1 C
Kathmandu

ब्रेकिङ समाचारवर्षा र सहकालका देवता पूजा–आराधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदै

वर्षा र सहकालका देवता पूजा–आराधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदै

३ असोज २०७८
काठमाडौ
। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदैछ ।

शनिबार बिहान ६ः५७ बजेसम्म द्वादशी रहेकाले त्यसै दिन इन्द्रध्वजोत्थानको साइत निस्किएको र आइतबार बिहान सूर्योदय चतुर्दशी तिथिमा हुने भएकाले यस दिन इन्द्रजात्रा मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा। डा। रामचन्द्र गौतमले जानकारी दिए ।

शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो भने इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि यस पर्वलाई लिइन्छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोको फेदमा भैरवको पूजा प्रचलन रहेको छ ।

आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा मानिने कुमारी, गणेश र भैरवको रथयात्रा नजर गर्ने परम्परा पनि रहेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्