18.1 C
Kathmandu

ब्रेकिङ समाचारपूर्वी चितवनमा फलामको गलले हिर्काएर एक जनाको हत्या

पूर्वी चितवनमा फलामको गलले हिर्काएर एक जनाको हत्या

२ असोज २०७८

काठमाडौ । पूर्वी चितवनको राप्तीमा एक पुरुषको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम अधिकारीका अनुसार राप्ती नगरपालिका वडानम्बर ९ स्थित शीतल टोलका अन्दाजी ५९ वर्षीय कान्छा लामाको हत्या भएको हो ।

कान्छाको हत्यामा संगल्न भएको आरोपमा छिमेकी दशरथ ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । सँगसँगै खानपिन गरेको र सोही क्रममा विवाद हुँदा दशरथले आक्रमण गरेको प्रहरीको भनाइ छ । दशरथले कान्छाको टाउकोमा फलामको गलले हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट शवसँगै हत्या आरोपीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीय बीच झडपसमेत भएको थियो । स्थानीयले पक्राउ परेका व्यक्तिमाथि आक्रमण गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । भीड नियन्त्रण गर्न प्रहरीले हवाई फायरसमेत गर्नुपरेको थियो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्