28.1 C
Kathmandu

ब्रेकिङ समाचारनेकपा एसमा सनाखत गर्ने कागेश्वरी मनोहराका दुई जनप्रतिनिधि एमालेमै फर्किए

नेकपा एसमा सनाखत गर्ने कागेश्वरी मनोहराका दुई जनप्रतिनिधि एमालेमै फर्किए

१ असोज २०७८

काठमाडौ । नेकपा एकिकृत समाजवादी पार्टुमा मा सनाखत गर्ने कागेश्वरी मनोहरा नगरपालिकाका दुई जनप्रतिनिधि पुनः एमालेमै फर्किएका छन् । नेकपा एमाले विभाजन पछी नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका वडा नं ५ र वडा नं ८ का दुई जना जनप्रतिनिधि नेकपा एमालेमै फर्किएका हुन ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको विस्तारित प्रशिक्षण कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ की सदस्य बबिता दाहाल (कुइकेल) र वडा नं ८ की सदस्य गुणकेशरी श्रेष्ठ नेकपा एमालेमै फर्किएको घोषणा गरेका हुन्।

एमाले अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यता र केन्द्रीय सदस्य तथा जिल्ला कमिटीका अध्यक्ष कृष्ण राईको अध्यक्षता भएको सो कार्यक्रममा नेकपा एमालेमा फर्किएका ति दुई जनप्रतिनिधिहरुलाई सम्मान सहित स्वागत गरिएको थियो।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्