27.1 C
Kathmandu

ब्रेकिङ समाचारगठबन्धनका दलहरुबीच समझदारी हुन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई

गठबन्धनका दलहरुबीच समझदारी हुन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई

१ असोज २०७८

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सम्हालेको आज ६६ दिन पुगिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकिएको छैन । गठबन्धनका दलहरुबीच समझदारी हुन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको कांग्रेस नेता प्रदीप पौडेलले बताएका छन् ।

‘कांग्रेसभन्दा गठबन्धनका आबद्ध दलहरुका बीचमा समझदारी हुन नसकेको, दलहरुले आपसमै मन्त्रीको चयन गर्न नसकेको, दलसम्बन्धी अध्यादेश निष्क्रिय हुन नसकेको अवस्था हो, मुख्यगरी कांग्रेसभन्दा सरकारमा आबद्ध दलहरुको समस्याका कारण ढिलाई भएको हो,’ पौडेलले भन्नुभयो ।

भागवण्डामा पनि समस्या देखिएको माओवादी केन्द्रका नेता चन्द्रपाणी खनाल बताउँछन् । दलहरुबीच सहमति नभएकैले विस्तार हुन नसकेको पनि उनले बताए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्