23.1 C
Kathmandu

ब्रेकिङ समाचारआज देखि विभिन्न स्थानमा दशैं/तिहार लक्षित सहुलियत पसल सञ्चालनमा

आज देखि विभिन्न स्थानमा दशैं/तिहार लक्षित सहुलियत पसल सञ्चालनमा

१ असोज २०७८

काठमाडौ । नेपालसरकारले आज देखि विभिन्न स्थानमा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत देशका ८५ स्थानमा पसल सञ्चालनमा ल्याएको हो ।

सुपथ मूल्य पसलमा चामल, सीमी, फापर, नुन, चिनी लगायत खाद्यसामाग्रीका साथै मासुजन्य र दुग्धजन्य पदार्थ पनि बिक्री गरिनेछ ।

यो समय पेट्रोलियम पदार्थको आपूर्तिलाई पनि सहज बनाउन मन्त्रालयले नेपाल आयल निगमलाई निर्देशन गरेको छ ।

सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्