24.1 C
Kathmandu

ब्रेकिङ समाचारसङ्खुवासभा हत्याकाण्डः आरोपीले अपराध स्वीकार, हत्यारालाई आजै सार्वजनिक गरिने

सङ्खुवासभा हत्याकाण्डः आरोपीले अपराध स्वीकार, हत्यारालाई आजै सार्वजनिक गरिने

२६ भाद्र २०७८
काठमाडौ
। सङ्खुवासभा सामूहिक हत्याकाण्डको आरोपीलेअपराध स्वीकारेका छन् । हत्यारा स्थानीय बासि नै रहे प्रहरी स्रोतले जानकारी दिएका छन् । गत सोमबार बिहान सङ्खुवासभाको मादी नगरपालिका वडा नं १ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो । उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको थियो ।

घटनाको बारेमा अनुसन्धान पश्चात प्रहरीले एक स्थानीय व्यक्तिलाई पक्राउ गरेपछि घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान भने खुलाउन चाहेको छैन । व्यक्तिगत रिसिइबीका कारण हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार आरोपीले केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रहरीसमक्ष आफ्ना अपराध कबुल गरेको हो भने घटनास्थलमा खटिएका प्रहरीले यस सम्बन्धमा केही बताउन चाहेका छैनन् । हत्यारालाई आजै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने तयारी रहेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्