19.1 C
Kathmandu

ब्रेकिङ समाचारकाठमाडौंमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिए

काठमाडौंमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिए

२२ भाद्र २०७८

काठमाडौ । काठमाडौंमा प्रमुख जिल्ला अधिकारी फेरिएका छन्। गृह मन्त्रालयले यसअघि सिडिओ रहेका कालीप्रसाद पराजुलीलाई गृहमा तानेको हो। उनको ठाउँमा गृहका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाइएको गृहले जनाएको छ।

पराजुली गत वर्ष मंसिरमा काठमाडौंका सिडिओ बनेका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा काठमाडौंका सिडिओ बनेका पराजुलीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले मन्त्रालय तानेको हो।

पछिल्लो समय सिडिओ पराजुलीले काठमाडौंको चन्द्रागिरि रिसोर्टलाई स्वास्थ्य मापदण्ड पालना नगरेको भन्दै स्पष्टीकरण सोधेका थिए। नेकपा एमालेबाट विभाजन हुनुअघि गत भदौ ७ गते माधवकुमार नेपालसहित एमालेका केन्द्रीय सदस्य र सांसद रिसोर्टमा गएर दुई दिन बसेका थिए। कोरोनाभाइरस महामारी चलिरहेका बेला सिडिओलाई जिल्लामा निषेधाज्ञा लगाउनेसम्मको अधिकार दिइएको छ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्